सुनसरीको रामधुनी २ शिवनगर को भित्री सडकखण्डमा मोटरसाईकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाईकल चालक रामधुनी २ शिवनगरका बस्ने २४ बर्षीय निमेश चौधरी र मोटरसाईकल पछाडी सवार रहेका सोही स्थानका २३ बर्षीय जिवन चौधरी रहेका छन् ।
हिजो राती साढे ८ बजे को २६ प ५६५१ नम्बरको मोटरसाईकलले साईडमा रोकि राखेको को २ त ९८७६ नम्बरको ट्याक्टरको टलीमा ठोकिएर दुर्घटना हुदाँ मोटरसाईकल चालक निमेश र पछाडी सवार जिवन गम्भिर घाईते भएका थिए ।
उनिहरुको वी पी कोइराला धरानमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ट्याक्टर नियन्त्रणमा लिईएको र अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post