मोरङको उर्लाबारीमा शनिबार राती मृत अवस्थामा एक महिलाको शव फेला परेको छ । उर्लाबारी नगरपालिका वडा नम्बर ४ आईतबारे चौकमा राती करिब सँवा ८ बजे अन्दाजी ३० वर्षीय महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पूर्वपश्चिम राजमार्गको उर्लाबारी मंगलबारे सडक खण्डमा निधार तथा टाउको पछाडीको भागमा गहिरो चोट सहित महिलाको शव रगताम्य अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको प्रकृती हेर्दा दुर्घटना भएको हुनसक्ने आशंका गरिएको भएपनि शव भेटिएको स्थान नजिकै चेंक पोईन्टमा ड्युटीमा रहेका सशस्त्र प्रहरीका अनुसार दुर्घटनाको कुनै आवाज नसुनिएको बताएका छन् ।
करिब १० मिटर घिस्रेको अवस्थामा शव फेला परेकोले पैदल यात्री महिला माथि दुर्घटना भएको हुन सक्ने ईलाका प्रहरी कार्यालय उर्लावारीका प्रहरी निरिक्षक उद्धव पोख्रेलले बताएका छन् ।
राती सँवा ८ बजे महिलाको शव फेला परेको भएपनि अहिले सम्म पहिचान हुन सकेको छैन ।













Discussion about this post