इटहरी १ आँपगाछीमा कार दुर्घटना भ्एको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार ग २ च ५९०३ नम्बरको सेतो कार दुर्घटना भएको हो ।
सडक विभागको लापरबाहीका कारण पछिल्लो समय दुर्घटना बढ्दै गएको छ ।
प्रहरीका अनुसार निर्माणाधिन रहेको ६ लेन सडकको काम सम्पन्न नहुँदा पछिल्लो समय यो क्षेत्रमा सवारी दुर्घटना बढ्ने गरेको छ ।
प्रत्यक्षदर्शी दिक्षान्त केसीले कारको गति तीब्र रहेका कारण दुर्घटना भएको जानकारी दिए । उनका अनुसार आँपगाछीको यातायात कार्यालय अगाडि कार दुर्घटना भएको हो ।
सडक विभागले काम सम्पन्न नगर्दा यहाँ हप्तैपिच्छे दुर्घटना हुने गरेको उनको भनाई छ । आज भएको दुर्घटनामा मानवीय क्षती नभएपनि कारमा भने क्षती भएको प्रहरीले जनाएको छ ।














Discussion about this post