धरान १५ मा गएराती एक युवा झुन्डिएको अवस्थामा फेला परेका छन् । सुन्दरहरैँचा ८ बेलबारी घर भएका ३० वर्षीय बिक्रम भण्डारी मंगलबार राती करिब ९ बजेतिर कोठामा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
वर्कसप सञ्चालन गरी बसेका भण्डारी झुण्डिएको अवस्थामा देखेपछि स्थानिय तथा प्रहरीले उद्दार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान लगिएको थियो । अस्पताल लाने बित्तिकै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बतएका छन् ।
मृत्युपछि आफन्तहरुले भने आत्महत्या नभइ हत्या भएको हुनसक्ने आशंका गरेका छन् । मृतक भण्डारी र उनकी श्रीमती बिच सामान्य घरायसी विवाद हुने गरेको बताइएको छ ।



















Discussion about this post