कोरोना संक्रमितहरु सार्वजनिक स्थलमा भेटिए एक महिनासम्म कैदन गरिने सुनसरी प्रशासनले चेतावनी दिएको छ ।
सुनसरी जिल्लामा कोरोना सङ्क्रमण सङ्क्रमितकै कारण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले कोरोना संक्रमित भएर पनि आइसोलेसनमा नबसेको पाएमा १ सय रुपैयाँ जरिवाना सहित एक महिना कैद सम्म गर्ने भएको हो।
पछिल्लो समय कोरोना सङ्क्रमितहरू होम आइसोलेसनमा बस्ने भन्दै सार्वजनिक स्थलहरूमा हिँडडुल गरेको भेटिएको पाइएको जनगुनासो आएकोले गर्दा संक्रमक रोग नियन्त्रण ऐन २०२० अनुसार १ सय रुपैयाँ जरिवाना सहित १ महिना सम्म कैद गर्ने गरी कारबाही अगाडी बढाएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले जानकारी दिए ।
कडाइका साथ यो निर्देशनलाई लागू गरिने उनको भनाई थियो ।













Discussion about this post