नेपाल सरकारले मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृहमन्त्रालयले बुधबार सूचना जारी गर्दै उक्त दिन बिदा दिने निर्णय भएको जानकारी गराएको छ।
शुक्रबारदेखि तिहारको बिदा रहेकाले सरकारी तथा सार्वजनिक निकायका कार्यालयहरु आगामी बुधबारदेखि मात्रै खुल्नेछन्। शनिबारदेखि सुरु हुने तिहारको बिदा सोमबारसम्म रहेको छ।














Discussion about this post