मोरङको उर्लाबारीबाट ब्राउन सुगर र गाँजासहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले गएराती १० बजेर १० मिनेटमा उर्लाबारी नगरपालिका ७ स्थित छोमाई तामाङको घरमा छापा मार्दा नँै जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुले ब्राउन सुगर र गाँजा बिक्री वितरण तथा सेवन गरिरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । पक्राउ पर्नेमा एक जना युवती पनि रहेकी छिन् ।
पक्राउ पर्नेमा उर्लाबारी ७ स्कूल डाँडाकी २१ बर्षीया ममता तामाङ, बरगाछीका २४ बर्षीय मिलन याक्सो, १९ बर्षीय असिम लिम्बु, उर्लाबारी ९ भोटेपुलका २८ बर्षीय आकाश लिम्बु रहेका छन् ।
यस्तै, झापाको दमक नगरपालिका ७ बजारलाइनका १९ बर्षीय ससिन सेख, दमक ४ सिर्जना टोलका ३० बर्षीय सुमन सुनुवार, मोरङकै रतुवामाई नगरपालिका ८ का २२ बर्षीय रुमपमान केदेम (लिम्बू), रतुवामाई १० सातमेडीका १९ बर्षीय एञ्जिल मगर र रतुवामाई ९ इटहराका २५ बर्षीय मञ्जिल बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुको साथबाट ४ ग्राम ७२७ मिलिग्राम ब्राउन सुगर बरामद भएको छ भने १८४ ग्राम २३० मिलिग्राम गाँजा पनि फेला परेको छ ।
उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post