गुडिरहेको सफारीबाट भुईँमा लडेर मोरङमा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।
कटहरी गाउँपालिका १ चौधरी चोकमा गुडिरहेको सफारीबाट ढलेका विराटनगर महानगरपालिका २ का ३५ वर्षीय सफारी चालक सुनिल मण्डलको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार मण्डल को २ ह ५४९२ नम्बरको खाली सफारी लिएर विराटनगरबाट मिलनचोकतर्फ जाँदै थिए ।
सडकमा गुडिरहेको सफारीबाट उनी ढलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए । मृत्युपछि अनुसन्धान सुरु गरेको उनले बताए ।














Discussion about this post