मोरङको मिक्लाजुङ १ सिलिलिङ बस्ने ५८ बर्षीय अरुण भन्ने अमृत बहादुर श्रेष्ठ हतियार सहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट गस्तिमा खटिएको प्रहरी टोलीले श्रेष्ठलाई पक्राउ गरिएको हो ।
श्रेष्ठले आफ्नै घरमा हतियार लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा टोटा बन्दुक १ थान, खोका ३ थान र ५०० ग्राम बारुद समेत फेला पारेर बरामद गरेको हो ।
हतियारसहित पक्राउ परेका श्रेष्ठमाथि हातहतियार खरखजना मुद्दामा कानुनी कारबाही अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।














Discussion about this post