नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७०३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १० हजार ४६० जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ७०३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २ लाख २९ हजार ३४३ पुगेको छ । थप १ हजार २३६ जना निको भएका छन् । यो सँगै निको हुनेको सङ्ख्या २ लाख ९ हजार ४३५ पुगेको मन्त्रालयले जनाएको छ ।
देशभर हाल १७ हजार २३७ सक्रिय सङ्क्रमित रहेका छन् ।















Discussion about this post