मानिसलाई रिस पनि कस्तो उठेको आफैले पालेको गाई मारेको अभियोगमा मोरङ सुनवर्षी नगरपालिका–२ सुगाटोलमा एक युवालाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ ।
घरायसी सामान्य विवादको क्रममा रिसको आवेगलाई थाम्न नसकेर दाजुभाइले पालन गर्दै आएको गाईमाथि हथौडा प्रहार गरी मारेका हुन् ।
जुम्ल्याहा दाजुभाइमध्येका ३० वर्षीय दाजु भूपेन्द्र राईले ३० वर्षीय भाइ गजेन्द्र राईको गाई मारेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार दुई दाजुभाइबीच घरायसी विवादको क्रममा आक्रोसित भूपेन्द्रले हथौडा प्रहार गरि गाई मारेका थिए ।
गाई मारेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले भूपेन्द्रलाई हथौडासहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिएका छन् ।














Discussion about this post