मोरङको रंगेली नगरपालिका वडा नं. ५ मा शारीरिक तथा मानसिक रुपमा अशक्त महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कदमगाछिका वर्ष २५ का बौका भनिने सुरेन्द्र मण्डल रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मण्डलले सोही ठाउँकी ३५ वर्षीय शारीरिक तथा मानसिक रुपमा अशक्त महिलालाई एक्लै भएको मैका छापी परालको माचमा जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।















Discussion about this post