सवारी ज्यान मुद्दाका फरार प्रतिबादीलाई १५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
सवारी ज्यान मुद्दाका फरार मोरङ ग्रामथान २ का ३३ बर्षीय बलराम सरदारलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
मिति २०६२ साल मंसिर १९ गते सरदारले चलाएको कस्तुरी उच्च माध्यमिक विद्यालय इटहरीबाट संचालित ना २ ख ६० नम्बरको बस सुनसरी मधेशा ४ राजमार्गमा दुर्घटना हुँदा बसमा सवार रहेकी छात्रा १८ बर्षीया लक्ष्मी श्रेष्ठको मृत्यु भएको थियो ।
बस दुर्घटना पश्चात फरार रहेका सरदारलाइ हिजो पक्राउ गरि कानुनी कारबाही अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यस्तै, जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले ठगी र नकवजनी चोरी मुद्दाका तीनजना फरार प्रतिबादीहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ठगी मुद्दाका विराटनगर ६ का ५३ बर्षीय सकिल खान रहेका छन् भने नकवजनी चोरीका विराटनगर १ का ३० बर्षीय लाले राय सहनी र सोही स्थानका ४८ बर्षीय दिपेश राय सहनी रहेका छन् । उनीहरु मिति २०७३ साल असार २४ गतेबाट फरार रहेका थिए ।
पक्राउ पश्चात उनीहरुलाइ जिल्ला अदालत मोरङमा बुझाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।














Discussion about this post