इटहरीमा एक युवक फिल्मी शैलीमा लुटिएका छन् ।
आफ्नै साथीको १२ लाख रुपैँया लिएर विर्तामोडका मुकेश खड्का नाम बताउँने एक युवक फरार भएका छन् । सुनसरीको बराहक्षेत्र वडा नम्बर ३ का विष्णु पुरीको घर बेचेको पैसा लिएर ती युवक फरार भएका हुन् ।
बराहक्षेत्र ३ भरौल पुगेका मुकेशले फिल्मी शैलीमा पुरीको पैसा लिएर फरार भएका हुन् ।
विष्णुले विदेश जान लिएको ऋण तिर्न नसकेर भर्खरै मात्र २० लाखमा घर बेचेका थिए । ८ लाख रुपैँया ऋण तिरेर बाँकी रहेको १२ लाख घरमै राखेका थिए ।
घरमा १२ लाख राखेको थाहा पाएपछि चिनजानको आधारमा मुकेश भरौलमा रहेको पुरीको घरमा पुगेका थिए । खै पैसा कहाँ राखेको छ भन्दै बैँँकमा १२ लाख राखेमा तीन महिनामा तीन लाख कमाई हुने आश्वसन दिदैँ उनले इटहरीको एक बैँकमा लगेर राख्नुपर्छ भन्दै पत्रिकामा ६, ६ लाखको दुई वटा बिटा बनाएको पीडितले बताए ।
अचानक केही ठूलो आवाज आएको र विष्णुले आँखा हेर्न नसकेको उनी बताउँछन् । आँखामा सेतो रुमाल जस्तो कपडा निकालेर मुकेशले फेरि आँखा पुछिदिए। त्यही बेला पैसा साटेर उनले आफ्नो ब्यागमा हालिसकेको हुने उनले बताए ।
मुकेशले इटहरीमा ल्याएर सानिमा बैँकमा खाता खोल्न लगाएका थिए । त्यसपछि उनी विभिन्न बहाना गदै त्यहाँबाट पैसा लिएर फरार भएको पीडित पुरीले बताएका छन् ।
घटनाबारे ईलाका प्रहरी कार्यालय इटहरीमा जानकारी गराइसकिएको उनले बताए ।















Discussion about this post