विराटनगर महानगरपालिका ४ स्थित गोग्राहा माध्यामिक बिद्यालयमा लोकसेवा आयोगको कार्यालय धनकुटाबाट लिएको प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको हरिनगरा गाउँपालिका १ का १८ बर्षीय बिल्साद आलम रहेका छन् ।
आलमले, हरिनगरा १ का २६ बर्षीय अवताव आलमको ठाउँमा परीक्षा दिईरहेको अवस्थामा फेला परेको उक्त कार्यालयबाट जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।















Discussion about this post