झापाको मेचीनगर नगरपालिका ७ गैह्रीगाउँबाट लागूऔषध खैरो हेरोईन सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आज दिउँसो १ बजे पश्चिम बंगाल दार्जिलिङ पानी ट्याङकीका ४२ बर्षीय गंगु सुब्बा र झापाको बुद्धशान्ति गाउँपालिका ३ का ४७ बर्षीय दीलिप कुमार राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट १८ ग्राम लागूऔषध खैरो हेरोईन तथा भारतीय रुपैँया नगद २१ हजार सहित पक्राउ गरेको हो ।
लागूऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।












Discussion about this post