झापा र मोरङ जिल्लाको सीमाना क्षेत्रबाट अवैध रुपमा भन्सार छलेर ल्याएका करीब तीन लाख मूल्य बराबरका लत्ता कपडाहरु प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा हिजो राती १० बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी गस्ती टोलीले भारतीय बजार पानीटंकीबाट खरिद गरी भन्सार छलेर ल्याएका १ लाख ४ हजार मूल्य बराबरको बिभिन्न आइटमका लत्ता कपडाहरु मेचीनगर ७ सतिघट्टा क्षेत्रबाट बरामद गरेको हो ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आज दिउँसो साढे १२ बजे भन्सार छलेर ल्याएका २ लाख मूल्य बराबरको थर्मकोट बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले विराटनगर १७ मटेरूवा बस्ने जसिम कुजराको घरबाट उक्त परिमाणको थर्मकोट फेला पारी बरामद गरेको हो ।
भारतीय बजार जोगबनीबाट लत्ता कपडा खरिद गरी भन्सार छलेर घरमा ल्याएको जानकारी पाएपछि उनको घरमा खानतलासी गर्दा लुकाएर राखिएको अवस्थामा उक्त कपडा बरामद गरिएको हो ।
दुवै स्थानबाट बरामद गरिएको लत्ता कपडाहरु आवश्यक कारबाहीको लागी भन्सार कार्यालयमा बुझाउने तर्फ कानुनी कारबाही भईरहेको छ ।














Discussion about this post