नेपाल मानवअधिकार सङ्गठन सुनसरीले मानवअधिकारको सम्मान तथा शान्तिको कामना गर्दै बिहीबार साँझ इटहरीको मुख्य चोकमा दीप प्रज्ज्वलन गरेको छ ।
७२ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका सन्दर्भका आयोजित सो कार्यक्रम पूर्व–राष्ट्रिय अध्यक्ष आनन्द आचार्यको मुख्य आतिथ्य भएको थियो ।
कार्यक्रममा मानवअधिकार सङ्गठनका सुनसरी उपाध्याक्ष बालकृष्ण चौलागाई, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्का, पत्रकार गणेश निरौला लगायतले नेपालमा मानवअधिकारको खस्किँदो अवस्थाप्रति चिन्ता व्यक्त गरे ।
दीप प्रज्ज्वलनका क्रममा इटहरी चोकमा ७२ वटा मैनवत्ती बालिएको थियो ।














Discussion about this post