झापाको अर्जुनधारा नगरपालिका १ सालवारीमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ११ प ६२५२ नम्बरको मोटरसाइकलले बाटो छेउमा बसिरहेका स्थानीय ३३ बर्षीय ललित चौधरीलाई ठक्कर दिदाँ घाईते भएका चौधरीको उपचारको क्रममा मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
उनको बिर्तामोडको बि एण्ड सी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।














Discussion about this post