मोरङको बिराटनगर महानगरपालिका १२ प्रगति टोलबाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले आज स्थानीय २६ बर्षीय सन्तोष मण्डललाई ४ ग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
ब्राउनसगुर सहित पक्राउ परेका मण्डलको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।














Discussion about this post