नेपाल भारत सीमानामा पर्ने सुनसरीको कोशी गाउँपालिका ८ बाट भन्सार छली ल्याएको बोइलर कुखुरा पक्राउ गरी नष्ट गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भन्सार छलेर भारतबाट ल्याइएको ७४ थान कुखुरा पक्राउ गरिएको थियो । प्रहरीका अनुसार कुखुरा कुल २३० केजी रहेको थियो भने बजार मुल्य ४६ हजार बराबर रहेको थियो ।
उक्त कुखुरा जिल्ला प्रहरी कार्यालयले जिल्ला पशु कार्यालयका अधिकृत लगायतको उपस्थितिमा खाडल खनेर पुरेको प्रहरीले जनाएको छ ।














Discussion about this post