विराटनगरमा सिटी सफारी दुर्घटनामा परेर घाइते भएकी एक वृद्धा महिलाको उपचारका क्रममा मृत्यु भएको छ । विराटनगर महानगरपालिका–६ सरोचीयामा मंगलबार दिउँसो सडकमा तीव्र गतिमा गुडिरहेको मोटरसाइकलाई बचाउने क्रममा सफारी दुर्घटना थियो ।
दुर्घटनामा विराटनगर–१६ की ६८ वर्षीया वृद्धा प्रभा पोखरेलको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताएका छन् । उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएकी पोखरेलको उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएको हो ।
सफारी दुर्घटना हुदा सडकबाट पल्टिएर खाल्डोमा पर्दा सफारीमा यात्रा गरिरहेकी वृद्धा घाइते भएकी थिइन् । प्रहरीले सफारी चालक सुनसरीको बर्जु गाउँपालिका–२ का ३० वर्षीय कृष्णकुमार साहलाई नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।














Discussion about this post