Friday, June 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

‘अदम्य साहस र हिम्मतले नामको अगाडि डाक्टर लेखाउँन सफल भएँ’

संघर्षको कथा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १७, २०७६
in टाकुरा विशेष, विचार, विविध
0
‘अदम्य साहस र हिम्मतले नामको अगाडि डाक्टर लेखाउँन सफल भएँ’

तस्विरमा डा. गीता अधिकारी ।

1.8k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीको जनता बहुमुखी क्याम्पसका लागि मात्र नभई सिंगो इटहरी क्षेत्रको लागि चर्चित र लोकप्रिय नाम हो डा. गीता अधिकारी (सञ्जु) । २०२५ कात्तिक ७ गते पश्चिम डोटीमा जन्मिएकी अधिकारी सानो उमेरमा चन्चले थिईन् । धरानमा कक्षा ६ सम्म पढेकी उनले ७ कक्षादेखि एसएलसी सम्म मोरङको साजीलाल माविमा अध्ययन गरिन् भने कक्षा ११ र १२ उनले काठमाडौँमा अध्ययन गरिन् ।
‘मेरो बुवाकै कारण मैले आफ्नो करियरलाई यत्तिको बनाएको हुँ,’ अधिकारी भन्छिन्, ‘मैले ब्याचलर दोस्रो बर्ष अध्ययन गर्दै गर्दा विवाह गरेको हुँ ।’ उनले विवाह गर्दा आफूँले पढ्न पाउँनुपर्ने र जागिर खान पाउँनुपर्ने सर्तमा विवाह गरेको सुनाईन् । ‘मैले स्नातक पोल्टिकल साइन्स लिएर पढेँ,’ उनी टाकुरासँग भन्छिन्, ‘तीन वटा बिषयमा डिग्री उत्तिर्ण गरेकी छु ।’ अधिकारीले पोल्टिकल साइन्स, सोसोलोजी र एमएड बिषयमा डिग्री गरेकी छिन् । उनले आफूँलाई जन्मदिने पिता प्रेम प्रसाद अधिकारी र माता सीता अधिकारीको प्रेरणा र मार्गनिर्देशले गर्दा अहिले शिक्षा क्षेत्रमा सफल हुँदै गएको सुनाईन् ।
अधिकारीले आँफूहरुको समकालीनमा वालविवाह हुने गरेको र आँफूले भने १९ बर्षमै विवाह गरेको बताउँदै वालविवाह निर्मूल पार्नका लागि विभिन्न अभियान सञ्चालन गरेको बताईन् । विवाह पछाडि आफ्नो अध्ययनमा असर परेको भएपनि आफ्नो अदम्य साहस र हिम्मतले नै अहिले उनी नामको अगाडि डाक्टर लेखाउँन सफल भएको अनुभव सुनाउँछिन् ।
‘घर नजिकै जोगी बस्ने ठाउँ थियो, घरमा नपढ्दा बुवा आमाले तलाईँ जोगीसँग पठाइदिन्छु भन्दा म खाटमुनि लुकेर पढथेँ,’ उनले आफ्नो बालापन सम्झदैँ भनिन् । उनले आँफूहरुको पाँचजना टिम रहेको र एसएलसी दिएको समयमा फट्याईँ गरेको कुरा भुल्न सकेकी छैनन् । २०५६ आश्विन २ गतेदेखि इटहरीको जनता बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएकी छिन् । इटहरी लेडी जेसीज २००५ को अध्यक्ष, लायन्स क्लब अफ इटहरी क्रियटिभ लेडी चार्टर प्रेसिडेन्ट, रेडक्रस लगायतका संस्थामा रहेर काम गरेको अनुभव उनीसँग छ । २०६७ सालदेखि जनता बहुमुखी क्याम्पसमा सहायक क्याम्पस प्रमुखको रुपमा कार्यरत रहेकी उनले केही महिना अगाडि मात्रै विद्याबारिधी गरी आफ्नो नामको अगाडि डाक्टर लेखाएकी छिन् । ‘रोल अफ हेड टिचर्स इन द म्यानेजम्यान्ट अफ एजुकेशन इन रिफ्रेन्स टु इन्फरमेशन सिस्टम’ बिषयमा स्वामी विवेकानन्द विश्वविद्यालय सागर मध्ये प्रदेशबाट अधिकारीले विद्याबारिधी गरेकी हुन् ।
‘अदम्य साहस र हिम्मतले नामको अगाडि डाक्टर लेखाउँन सफल भएकी छुँ,’ उनी भन्छिन्, ‘जीवनमा अरु थुप्रै रिसर्च र सामाजिक काम गर्न बाँकी छ ।’ उनले आफ्नी सासु अम्बिका पौडेल र पति बिमल पौडेललाई यसको श्रेय दिने बताईन् । ‘उहाँहरुले बुहारी र पत्निका लागि आँफूले नपढेरै पनि पढाउँने साहस गर्नुभयो त्यो प्रति म नतमस्तक छु ।’ उनी भन्छिन् । पछिल्लो समय महिलाहरु नारी दिवसको नाममा पाँचतारे होटलमा बसेर समानताको कुरा गर्ने र पीडित र समाजबाटै तिरष्कृत भएका महिलाहरु पिछाडि पर्दै गएको उनको बुझाई छ । ‘महिलाहरु आफैँलाई कमजोर देखाईरहेका छन्,’ उनी भन्छिन् । अहिले पनि समाजमा गरिबी, विपन्न, लगायत समाजमा पढ्न नपाएका महिलाहरुको अनुहार आँफूले नियालेको उनको तर्क छ । ‘आगामी दिनमा बलात्कार, सम्बन्ध बिच्छेद र यौनकर्मीको बारेमा रिसचै तयार गर्न मन छ,’ उनले भनिन् । अधिकारी युवा नारीहरुका लागि मात्रै नभई आम इटहरीबासीको उदाहरणीय पात्रका रुपमा उदाउँन सफल भएकी छिन् ।
उनी इटहरीकी गौरबको रुपमा परिचित छिन् । इटहरीमा महिलाहरुका विद्याबारिधी गरेकी दोस्रो व्यक्तिमा अधिकारीको नाम आउँछ । आगामी दिनमा अधिकारीजस्ता महिलाहरुले वर्तमान महिलाहरुमा देखिएका समस्या र त्यसको समाधानका निम्ति बहस गर्न आवश्यक रहेको छ ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
FEATURE BREAKING

कोशीका मन्त्रालयमा ‘असारे खर्च’ : कर्मचारीकै ‘सेटिङ’मा नक्कली बिलदेखि कमिसनसम्मको आरोप

by टाकुरा न्यूज । इटहरी
असार ११, २०८३
0

विराटनगर : आर्थिक वर्षको अन्त्यसँगै सरकारी कार्यालयमा देखिने ‘असारे खर्च’ संस्कृतिविरुद्ध कोशी प्रदेश सरकारका विभिन्न मन्त्रालयलाई लक्षित गर्दै हेलो सीएममा...

पाथीभरा क्षेत्रमा वृक्षरोपण अभियान
विविध

झापाको वन क्षेत्र राष्ट्रिय औसतभन्दा कम, विस्तारका लागि विशेष अभियान

by रासस
असार ११, २०८३
0

झापा : वन क्षेत्रको न्यून विस्तार, तीव्र जनसङ्ख्या वृद्धि र बढ्दो बसाइँसराइका कारण झापामा मानव–वन्यजन्तु द्वन्द्व चुनौतीपूर्ण बन्दै गएको छ।...

खोटाङमा शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस

बाँदरले सताएपछि नगरपालिकाले राख्दैछ ‘बाली हेरालु’

असार १०, २०८३
छोराछोरी विद्यालयमा, आमा पनि विद्यार्थी : ‘बुहारी शिक्षा’ कार्यक्रम प्रभावकारी

छोराछोरी विद्यालयमा, आमा पनि विद्यार्थी : ‘बुहारी शिक्षा’ कार्यक्रम प्रभावकारी

असार १०, २०८३
बाँदर आतंकले रित्तिँदै भोजपुरका बस्ती

भोजपुर : गाउँपालिकाले बाँदरलाई बन्ध्याकरण गर्ने

असार १०, २०८३
कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम

असार ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशीका मन्त्रालयमा ‘असारे खर्च’ : कर्मचारीकै ‘सेटिङ’मा नक्कली बिलदेखि कमिसनसम्मको आरोप

असार ११, २०८३
उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

असार ११, २०८३
झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

असार ११, २०८३
उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

असार ११, २०८३



लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    396 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    377 shares
    Share 151 Tweet 94
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    349 shares
    Share 140 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.