इटहरी : इटहरीमा गठवन्धनको तर्फबाट मेयरका उम्मेदवार हेमकर्ण पौडेलले मत लगाएका छन् ।
इटहरी २ को महेन्द्र माध्यमिक विद्यालयको मतदान केन्द्रबाट पौडेलले मत लगाएका हुन् ।
नेपाली कांग्रेस इटहरीका नगरसभापति समेत रहेका पौडेलले मत लगाएपछि यसपटक इटहरीका जनता परिवर्तनको पक्षमा रहेको बताए ।
“यसपटक इटहरीका आम जनता परिवर्तनको पक्षमा छन,” उनले भने, “नेतृत्व परिवर्तनको पक्षमा रहेका जनताले इटहरीको परिवर्तन चाहेका छन् ।” ,














Discussion about this post