इटहरी : इटहरीमा गठबन्धनबाट मेयरका उम्मेदवार हेमकर्ण पौडेलले १० हजार मत कटाएका छन् ।
मेयरका उम्मेदवार पौडेलले हालसम्म १०,१०२ मत प्राप्त गरेका छन् । यस्तै, उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका यामकुमार सुब्बाको ८,०५९ मत प्राप्त भएको छ ।
यस्तै, राप्रपाबाट मेयरका उम्मेदवार आकाशहाङ सुब्बाले ९३७ मत प्राप्त गरेका छन् ।
यस्तै, उपमेयरमा गठबन्धनका तर्फबाट केशवकुमार विष्टले ६,१४८ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेकपा एमालेकी संगीता चौधरीको ९,०२१ मत प्राप्त भएको छ भने राप्रपाबाट वविता चौधरीको १,२२२ मत प्राप्त भएको छ ।
हालसम्म इटहरीका १, १९ र २० नम्बर वडाको अन्तिम मतपरिणाम आउँदा १ र २० मा नेपाली कांग्रेसले जितेको छ भने इटहरी १९ मा नेकपा एमालेले जितेको छ ।
अहिले इटहरीका २, ३, ४, ५, १७, नम्बर वडाको मतगणना जारी छ । इटहरी १८ मा भने चारमत हराएपछि यो वडामा मतगणना स्थगित छ ।














Discussion about this post