मोरङको कानेपोखरी अस्थाई प्रहरी चौकी नजिकै श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।
मादकपदार्थ सेवन गरेका ३५ वर्षीय बद्री मरीकले कान्छी श्रीमती ३० वर्षीया मालो ऋषिदेवलाई निर्घात कुटपिट गरेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना गत सोमबार दिउँसो २ बजे भएपछि माइती पक्षले भोलिपल्ट मात्र थाहा पाएको मृतकका काका कुसुमलाल ऋषिदेवले बताए । उनले मृतक मालो ऋषिदेवको शरीरमा निलडाम, मुखभरी फिज भएकाले हत्या गरेको भन्दै प्रहरीसँग छानविनको माग गरेका छन् ।
उनिहरु पहिले देखि नै कानेपोखरी चोकको सार्वजनिक शौचालयमा काम गर्दै आएका थिए । मृतकका १ छोरा र १ छोरी छन् । घटनापछि श्रीमान फरार रहेका छन् । फरार रहेका उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।











Discussion about this post