मोरङ र झापामा सोमबार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
मोरङको बेलबारी नगरपालिका १ मा सोमवार दिउँसो को ९ प ७१८८ नम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिदाँ घाइते भएकी स्थानीय १७ बर्षीया कल्पना लिम्बूको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
स्कुटर चालक बेलवारी ४ का २७ बर्षीय अनमोल बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, झापाको गौरिगञ्ज गाउँपालिका ९ मा को १३ प २०४० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक गौरादह नगरपालिका ९ का ३९ बर्षीय पुरुषोत्तम फुयाँलको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ














Discussion about this post