इटहरी : लकडाउनको अवधिको शुल्क मिनाहा गर्नुपर्ने मागसहित निजी क्याम्पसका विद्यार्थीहरु आन्दोलनमा उत्रिएपछि सञ्चालकहरुलेसमेत अनिश्चितकालका लागि विद्यालय बन्द गर्ने भएका छन् ।
शुक्रबार साँझ विज्ञप्ती जारी गर्दै उच्च माविहरुको छाता संगठन हिसानले अर्को सूचना प्रकाशित नहुन्जेलसम्म इटहरीका सम्पूर्ण कलेजहरु बन्द गर्ने जनाएको हो । प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुको कारण शिक्षक, कर्मचारी र विद्यार्थीहरुमा मनोवैज्ञानिक त्रास उत्पन्न भएको अध्यक्ष मुकुन्द घिमिरेले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख छ ।
प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले इटहरीका चार ठूला कलेजहरु विश्व आदर्श, सुष्मा, कस्तुरी र कोशी कलेजका गेटमा सामान्य क्षती पुर्याएका थिए । घम्साघम्सीका क्रममा विश्वआदर्श कलेजका सुरक्षा गार्ड मोहनकुमार अधिकारी आक्रमणमा परेका थिए । हिसानले आक्रमणमा संलग्नलाई कारवाही गर्नसमेत माग गरेको छ ।
साथै हिसानले विद्यार्थी संगठनहरुले जारी गरेको आन्दोलन समर्थित विज्ञप्तीप्रति पनि असन्तुष्टी जनाएको छ । ‘राजनीतिक दलका जिम्मेवार विद्यार्थी संगठनद्वारा जारी पछिल्ला बक्तब्य र प्रेस नोटहरुले पनि यी घटनालाई मलजल गरेको त होइन ?’ विज्ञप्तीमा भनिएको छ ।















Discussion about this post