सुनसरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले आजदेखि नागरिकताको सेवालाई आलोपालो प्रणाली लागू गरेको छ ।
प्रशासनले संक्रमणको जोखिम न्यूनीकरणको लागि विभिन्न नगर तथा गाउँपालिकालाई आलोपालो प्रणालीमार्फत नयाँ नागरिकता तथा प्रतिलिपी सेवा लागू गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलका अनुसार अत्यधिक भीड हुने गरेकोले संक्रमणको जोमिख न्युनीकरणको लागि आलोपालो सेवा लागू गरिएको हो ।
प्रशासनका अनुसार आइतबार धरान र इटहरी उपमहानगरको मात्र नागरिकता सेवाको काम हुनेछ भने सोमबार रामधुनी नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकाको काम हुनेछ ।
मंगलबार बराहक्षेत्र नगरपालिका र हरिनगर गाउँपालिकाको काम हुनेछ भने बुधबार कोशी गाउँपालिका र देवानगञ्ज गाउँपालिकाको काम हुने छ ।
त्यस्तै, बिहीबार दुहबी नरपालिका गढी गाउँपालिकाको काम हुनेछ । त्यस्तै, शुक्रबार इनरुवा नगरपालिका र बर्जु गाउँपालिकाको काम हुने प्रशासनले जनाएको छ ।














Discussion about this post