उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका– ९ चौकीबारीका एक युवकको आफ्नै दाजुको कुटाइबाट मृत्यु भएको छ ।
सामान्य वादविवाद हुँदा दाइको कुटाइबाट ३६ वर्षीय खुशीलाल चौधरीको बुधबार दिउँसो मृत्यु भएको हो । उनलाई उनका ५० वर्षीय दाजु पुलकित चौधरीले कुटपिट गरी घाइते बनाएका थिए ।
घाइते खुशीललाई प्रहरीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याएको प्रहरी उपरीक्षक भीमबहादुर दाहालले बताए ।
जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी दाहालले बताए ।
भाइलाई कुटपिट गर्ने दाजु पुलकितलाई जिल्ला प्रहरी कार्यलय उदयपुरको नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post