सुनसरी : सुनसरीको वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनालले प्रयोग गर्दै गरेको गाडीलाई एम्बुलेन्सको विकल्पको रुपमा प्रयोग गरिने भएको छ । नगरप्रमुख खनालसँगै प्रमुख प्रशासकीय अधिकृत राजेशप्रसाद पोखरेल चढ्ने गाडी पनि एम्बुलेन्सका रूपमा प्रयोग गरिने निर्णय गरिएको छ ।
तीव्र रुपमा बढिरहेको कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै नगरमा आइपरेको खण्डमा नगर प्रमुखको गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गरिने नगर प्रमुख खनालले जानकारी दिएका छन् ।
सङ्क्रमितको उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव हुन थालेको खबर व्यापक रुपमा आउन थालेपछि यस्तो निर्णय गरिएको नगर प्रमुखको सचिवालयले जनाएको छ ।
नागरिकले एम्बुलेन्स नपाएको अवस्थामा नागरिककै करबाट किनिएको सरकारी गाडी नागरिककै सेवाका लागि तयारी अवस्थामा राखेका छौं, नगर प्रमुख खनालले भने, ‘जनता रोगले छटपटाउँदा हामी गाडीमा चढेर हिंड्न नैतिक रुपमा सक्दैनौं, नगर प्रमुखको हिसाबले सबै नागरिकको जिम्मेवारी यतिबेला हामीले लिनुपर्ने अवस्था आएको छ ।’












Discussion about this post