इटहरी : सुनसरीको कोशी गाउँपालिका ३ नहर चोकबाट लागूऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको अररिया बेला बासमतिया बिहार का २८ वर्षीय मजरुल हक रहेका छन् ।
सोमबार बेलुका लागूऔषध नियन्त्रण ब्यूरो शाखा विराटनगरबाट खटिएको प्रहरी टोलीले डाईलक्स डिसि थान ५०२ नाईट्रोसन २०० ट्याब्लेट, स्पास्मो प्रोक्सिभन प्लस २८८ ट्याब्लेटसहित उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post