इटहरी : इटहरीमा ग्राभेल सडक सम्याउँदा बम फेला परेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक गणेश भट्टराईले इटहरी २ अन्नपूर्ण मार्गमा सडक सम्याउने क्रममा शनिबार (आज) ग्रिनेट बम फेला परेको पुष्टि गरे ।
‘अन्नपूर्ण मार्गमा गिटी लेआउट गरिएको रहेछ, त्यहाँ बमजस्तो केही कुरा देखिएपछि स्थानीहरुले प्रहरीलाई खबर गरेका थिए,’ फोन सम्पर्कमा भट्टराईले टाकुरासँग भने, ‘बिहान ११ बजे नै हामीले नेपाली सेनाको टोलीलाई बोलाएर डिस्पोज गरिसकेका छौँ ।’
उनका अनुसार गोलो आकारको बलजस्तो बस्तु फेला परेपछि स्थानीय एक जना बालकले खेलाउदै थिए । सोही क्रममा स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
सडक निर्माणको क्रममा सेउती खोलादेखि ल्याएको गिटीमै ग्रिनेट बम रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यद्यपि, घटनाबारे थप अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।














Discussion about this post