इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा ३९, पथरीशनिश्चरेमा १४, बेलबारीमा ६, उर्लाबारी र बूढीगंगामा ४–४, सुन्दरहरैँचा र कटहरीमा ३–३, कानेपोखरी र रंगेलीमा १–१ र स्थानीय तह नखुलेका २ जना छन् ।
यता, सुनसरीको इटहरीमा ३२, धरानमा ७, रामधुनीमा ५, बर्जु, इनरुवा, दुहवी र कोशी गाउँपालिका १–१ जना छन् ।
यस्तै, झापाको दमकमा १०, कमल गाउँपालिकामा ८, शिवसताक्षी, विर्तामोड, भद्रपुर र मेचीनगरमा २–२, गौरादह, हल्दिबारी, बुद्धशान्ति र अर्जुनधारामा १–१, धनकुटाको धनकुटा नगरपालिका र पाख्रिबासमा २–२, महालक्ष्मीमा १, खोटाङको खोटेहाङ र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा २, संखुवासभामा १, पाँचथरको फिदिममा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा २६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १५० महिला र ११५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना भने संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।














Discussion about this post