तरहरा : इटहरी उपमहानगरपालिका वडा नंं. २० तरहराका एक पुरुषको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा इटहरी २० तरहराका ३२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । ।
प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोखरेलका अनुसार उनको गएराति ११ बजेर ५० मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको हो । मृतकलाई असोज २ गते संक्रमण पुष्टि भएको थियो भने असोज ७ गते अस्पताल भर्ना गरिएको थियो ।
मृतक डाउन सिन्ड्रोमको दीर्घरोगी रहेको पोखरेलले बताए । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।














Discussion about this post