इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १७९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये झापाको दमकमा १८, बिर्तामोडमा १४, कनकाईमा १०, शिवसताक्षी, बुद्धशान्ति, अर्जुनधारा र कमल गाउँपालिकामा ५–५, मेचीनगर र झापा गाउँपालिकामा ३–३, गौरादह र गौरीगञ्जमा १–१ जनामा संक्रमण देखिएको छ ।
यस्तै, मोरङको विराटनगरमा ३६, उर्लाबारीमा ४, रतुवामाईमा ३, लेटाङ, बेलबारी, पथरीशनिश्चरे, सुन्दरहरैँचा र केराबारीमा २–२, बूढीगंगा, ग्रामथान र कानेपोखरीमा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, सुनसरीको इटहरीमा ८, रामधुनीमा ५, बराहक्षेत्रमा ३, धरानमा २, देवानगञ्ज, इनरुवा, दुहवी र स्थानीय तह नखुलेका १–१ जना छन् ।
उता, इलामको सूर्योदयमा ३, इलाम नगरपालिका र चुलाचुलीमा २–२, रोङमा १, भोजपुरको भोजपुर नगरपालिका, खोटाङको खोटेहाङ, संखुवासभाको खाँदबारी, तेहृथुमको म्याङलुङ र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३०७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट ३ जनाको मृत्यु भएको छ ।














Discussion about this post