इटहरी : इटहरीमा ३७ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३२७ जनामा कोरोना भाइरस संक्रमणको भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये झापाको बिर्तामोडमा २२, मेचीनगरमा १२, दमक र बुद्धशान्तिमा ९–९, अर्जुनधारामा ७, शिवसताक्षी र कनकाईमा ६–६, भद्रपुरमा ४, कमल गाउँपालिकामा ३, गौरादह र हल्दिबारीमा २–२, कचनकवल, बाहृदशी र झापा गाउँपालिकामा १–१ जना छन् ।
यस्तै, मोरङको विराटनगरमा ३९, सुन्दरहरैँचामा १३, बेलबारीमा ९, बूढीगंगामा ६, सुनबर्षी र उर्लाबारीमा ३–३, कटहरीमा २, कानेपोखरी, पथरीशनिश्चरे र रंगेलीमा १–१ र स्थानीय तह नखुलेका २ जन छन् ।
यता, सुनसरीको इटहरीमा ३७, धरानमा ७, दुहवीमा ३, रामधुनी, बराहक्षेत्र र इनरुवामा १–१ जनामा संक्रमण देखिएको छ ।
यस्तै, इलामको इलाम नगरपालिका, धनकुटाको पाख्रीबास र संखुवासभाको धर्मदेवीमा २–२, पाँचथरको स्थानीय तह नखुलेका, ताप्लेजुङको श्रीजंगा, भोजपुरको भोजपुर नगरपालिका, तेहृथुमको फेदाप र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा २४० जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।














Discussion about this post