इटहरी : इटहरीमा ३१ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३०२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये झापाको दमकमा १४, बिर्तामोडमा १३, अर्जुनधारामा १०, मेचीनगरमा ९, कनकाई र कमल गाउँपालिकामा ७–७, शिवसताक्षीमा ६, भद्रपुरमा ५, बुद्धशान्तिमा ३, कचनकवल र झापा गाउँपालिकामा २–२, बाहृदशीमा १ जना छन् ।
यस्तै, मोरङको विराटनगरमा २४, सुन्दरहरैँचामा ४, लेटाङमा ३, पथरीशनिश्चरे, कानेपोखरी, उर्लाबारी र मिक्लाजुङमा २–२, ग्रामथान, बुढीगंगा, सुनबर्षी, रतुवामाई, केराबारी, बेलबारी र रंगेलीमा १–१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
यता, सुनसरीको इटहरीमा ३१, धरानमा ६, रामधुनी, इनरुवा र बराहक्षेत्रमा १–१, इलामको इलाम नगरपालिकामा ४, सूर्योदय र चुलाचुलीमा १–१, पाँचथरमा ३, धनकुटाको धनकुटा नगरपालिकामा २ र महालक्ष्मीमा १ जनामा संक्रमण देखिएको छ ।
यस्तै, उदयपुरको त्रियुगामा २, ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका, ताप्लेजुङको स्थानीय तह नखुलेका, तेहृथुमको फेदाप, संखुवासभाको खाँदबारी, भोजपुरको पौवादुङ्मा र खोटाङको खोटेहाङमा १–१ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३०७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।














Discussion about this post