इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २५३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये झापाको बिर्तामोडमा १५, भद्रपुर र कन्काईमा १२–१२, मेचीनगरमा ८, दमकमा ७, अर्जुनधारामा ६, हल्दिबारी र बुद्धशान्तिमा ३–३, बाहृदशीमा २, शिवसताक्षी र झापा गाउँपालिकामा १–१ जना छन् ।
यस्तै, मोरङको विराटनगरमा ३८, पथरीशनिश्चरेमा १२, सुन्दरहरैँचा र बेलबारीमा ६–६, लेटाङ र उर्लाबारीमा २–२, बुढीगंगा र कटहरीमा १–१ जना संक्रमण देखिएको छ ।
यता, सुनसरीको इटहरीमा २२, धरानमा ६, दुहवीमा ४, इनरुवा र रामधुनीमा २–२ जना, गढीमा १ जनामा संक्रमण पुष्टि भएको छ भने इलामको चुलाचुलीमा ३, इलाम नगरपालिकामा २ र सुर्योदयमा १, पाँचथरको फिदिममा २, फाल्गुनन्द र स्थानीय तह नखुलेका १–१ जना छन् ।
यस्तै, संखुवासभाको खाँदबारी, मादी र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिका र पाख्रिबासमा १–१, ताप्लेजुङ र तेहृथुममा १–१ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट ३ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।














Discussion about this post