इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १८७ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङ र झापामा ५१–५१, सुनसरीमा २७, इलाम र धनकुटामा ३–३, ताप्लेजुङ र तेहृथुममा १–१ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा २९, सुन्दरहरैचामा ५, उर्लाबारीमा ४, केराबारी र कटहरीमा ३–३, बेलबारीमा २, रंगेली, रतुवामाई, कानेपोखरी, बुढीगंगा र ग्रामथानमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको हो । झापाको दमक र कन्काईमा ८–८, बुद्धशान्तिमा ७, विर्तामोडमा ६, भद्रपुर र मेचीनगरमा ५–५, अर्जुनधारामा ४, गौरादहमा ३, शिवसताक्षीमा २, बाहृदशी, हल्दिबारी र झापा गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको छ ।
यसैगरि, सुनसरीको इटहरीमा २०, इनरुवामा ३, धरानमा २, रामधुनी र देवानगञ्जमा १–१ जनामा संक्रमण देखिएको छ भने इलामको चुलाचुलीमा २ र इलाम नगरपालिकामा १, धनकुटाको पाख्रिबासमा २, धनकुटा नगरपालिकामा १, ताप्लेजुङ आठराई त्रिवेणी र तेहृथुमको मेन्छेयायेममा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने, कोराना संक्रमणबाट एक महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।














Discussion about this post