धनकुटा : नेपालीहरुको महान चाड दशैं तिहार जस्तो चाडपर्व नजिकिँदै गर्दा धनकुटामा नक्कली नोटको कारोबार गर्ने गिरोह पक्राउ परेका छन् । प्रहरीले नक्कली नोटसहित ५ जना भन्दाबढी स्थानिय युवालाई पक्राउ गरेसँगै धनकुटामा नक्कली नोटको कारोबार गर्ने गिरोह सक्रिय रहेको पाइएको छ ।
प्रहरीले सोमबार राती धनकुटा नगरपालिका वडा नं ९ मुलघाटमा चेकजाँचको क्रममा धनकुटा हिलेका २ जना युवकलाई १ हजारका दरका २८ हजार नक्कली नोटसहित पक्राउ गरे पछि यो रहस्य खुलेको हो ।
त्यसैगरी धनकुटाको हिले बजारबाट पनि प्रहरीले नक्कली नोटसहित अन्य २ जना युवालाई पक्राउ गरेको खुलेको छ ।
प्रहरीले बरामद गरेको सबै नोट हजार दरका छन् भने सबै नोट एकै नम्बरका छन् । प्रहरीले भने पक्राउ परेका ती युवकको पहिचान खुलाएको छैन । प्रहरी चेकजाँचको क्रममा मुलघाटमा पक्राउ परेका युवाको मोटर साईकलको लाईसेन्स चेक जाँच गर्दा लाईसेन्ससंग नक्कली नोट गोजीबाट निस्किएको थियो ।
उक्त नोट अर्को गोजीमा हाल्न खोज्दा प्रहरीले के हो भन्दै चेकजाँच गर्ने क्रममा नक्कली नोट २८ हजार भन्दा बढी फेला पारेको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरीले पक्राउ परेका युवाहरुको नाम भने अनुसन्धान प्रभावित हुने र मुख्य गिरोह उम्कने भन्दै गोप्य राखेको छ ।














Discussion about this post