इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा १६८ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये थपिएकामध्ये मोरङको विराटनगरमा ३९, पथरीशनिश्चरेमा ५, बूढीगंगा र कटहरीमा ३,३, बेलबारीमा २, सुन्दरहरैँचा, केराबारी, रतुवामाई र जहदामा १,१ जना छन् ।
यस्तै, सुनसरीको इटहरीमा १८, धरानमा ४, वराहक्षेत्र र स्थानीय तह नखुलेका १,१, झापाका दमकमा ६, शिवसताक्षीमा ३, धनकुटाको पाख्रीबास, इलामको चुलाचुली र प्रदेश १ बाहिरका १,१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा आज २८२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्् भने ४ महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।














Discussion about this post