Sunday, May 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

भीम कामत मृत्यु प्रकरण : प्रहरीको व्यवहारले हिरासतमै मृत्यु, यस्तो छ घटनाको नालीबेली

तीन प्रहरी निलम्बन गर्ने तयारी हुँदासमेत प्रहरीले लिएन घटनाको जिम्मा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १८, २०७८
in टाकुरा विशेष, समाचार
0
भीम कामत मृत्यु प्रकरण : प्रहरीको व्यवहारले हिरासतमै मृत्यु, यस्तो छ घटनाको नालीबेली
257
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : मोरङको विराटनगर महानगरपालिका ११ जनपथ मार्गका ३९ वर्षीय भीम कामत वैदेशिक रोजगारका क्रममा मलेसिया बसेर २०७६ सालमा नेपाल फर्किए । आठ वर्ष मलेसिया बसेका उनी नेपाल फर्किएपछि कोभिडका कारण देशमा लकडाउन सुरु भयो ।

लकडाउनयता उनले जनपथ मार्गमै होटल सञ्चालन गर्न थालेका थिए । होटल राम्रै चलेको थियो । होटल गर्दा श्रीमतीसहित परिवारकै सहयोग पाइरहेका थिए ।

लकडाउनकै समयमा उनको मित्रता राजन खड्का नामक एक व्यक्तिसँग भयो । राजन बसलाइनमा काम गर्थे । लकडाउनका कारण यातायात ठप्प हुँदा राजनले भीमलाई चिया पसलमा थुप्रै काममा सहयोग गर्थे । भीमलाई सहयोग गरेर रिझाउन सफल राजने उनीसँग सफारी किनिदिन आग्रह गरे ।

राजनको आग्रह स्विकार्दै भीमले उनलाई सिटी रिक्सा किनिदिएका थिए । सिटी रिक्सा चलाउन थालेपछि पनि राजनले थुप्रै लफडाहरू गरे कहिले मापसे गरेर मान्छेलाई ठक्कर दिने त कहिले ट्राफिकबाट समातिने । यी सबै झमेला भीमले हेर्थे र उनलाई यसो नगर्न सम्झाउँथे । झमेला धेरै नै आइपर्न थालेपछि भीमले चेतावनीस्वरूप राजनको सिटी खोसे । पछि पुनः राजनले अबदेखि यसो गर्दिनँ भन्दै सिटी सफारी दिन आग्रह गरेपछि भीमले रिक्सा दिए । तर, फेरि उनीहरूबीच पहिलाको जस्तै सम्बन्ध रहन सकेन ।

भदौ १८ गते शुक्रबार एक्कासि प्रहरीको टोली भीमको घरमा पुग्यो । प्रहरीले उनको घरमा खानतलासी गर्दा तीन किलो चार सय ८० ग्राम गाँजा फेला पर्यो । प्रहरीलाई गाँजा देखाउँदै सहयोग गर्नेमा थिए राजन । ‘हामी पनि घरमा गाँजा लुकाएर राखेको देखेर छक्क परेका थियौँ’, भीमका दाइ शम्भु भन्छन्, ‘पहिले कहिलेपनि यस्तो थाहा थिएन । प्रहरीले गाँजा निकाल्दा पनि मैले मेरो भाइलाई गाली गरेँ ।’

भीमको साथी राजनले प्रहरीलाई यहाँ–त्यहाँ भन्दै गाँजा देखाउँदै गर्दा उनको भूमिका आशङ्काजनक रहेको बताउँदै शम्भुले आफ्नो भाइलाई फसाएको हुनसक्ने आशङ्कासमेत गरे । यस्तै, त्यसयता राजनलाई आफूले नदेखेको र प्रहरीलाई जानकारी गराउँदासमेत त्यसतर्फ प्रहरीको ध्यान नगएको उनको आरोप छ ।

‘हिरासत अधिकृतको निर्देशनमा उनलाई हात र खुट्टामा ठुलै अपराधीजस्तो हत्कडी लगाइयो,’ एक प्रहरीले नाम नखोल्ने शर्तमा भने, ‘हुन त मानवता नभएको ठाउँ हो हिरासत कक्ष । हिरासत कक्षभित्र आशंकितलाई समेत प्रमाणित अपराधीजस्तो व्यवहार गरिन्छ ।’

गाँजासहित प्रहरीले भीमलाई मात्र समात्यो र प्रहरी हिरासतमा राख्यो । भीममाथि प्रहरीले म्याद थप गरेको थिएन । म्याद थप गर्नुअघि नै उनको भदौ २० गते आइतबार दिउँसो साढे १ बजे प्रहरी हिरासतमै मृत्यु भयो । पक्राउ परेको दुई दिनमै हिरासतमा मृत्यु भएपछि तीन दिनसम्म आफन्त र स्थानीयले प्रहरीको चरम यातनाबाट मृत्यु भएको दाबी गर्दै विद्रोह गरे । मोरङ जिल्ला प्रशासन कार्यालयदेखि विराटनगरका ठाउँ–ठाउँमा टायर बालेर घटनाको सत्यतथ्य अनुसन्धान गर्न दबाब सिर्जना गरे ।

उनको मृत्यु भएको एक महिना पुग्न लागेको छ । तर मृतकका परिवारले न्याय पाउन सकेका छैनन् । ‘खै आज यत्रो दिन भइसक्यो, हामी गरिब–दुःखीका लागि न्याय पनि महँगो साबित भइसकेको छ’, भीमकी श्रीमती यसोदा कामत भन्छिन्, ‘अहिलेसम्म उहाँको मृत्यु रहस्यमै सीमित छ ।’

रहस्यमय मृत्यु, प्रहरीको भूमिका शङ्कास्पद

भदौ २० गते आइतबार दिउँसो साढे १ बजेतिर पुनः प्रहरी भीमको घरमा पुग्यो । भीम बिरामी भएको जनाउँदै प्रहरीले आइसियुमा राख्नपर्ने भएकाले तुरुन्त कोसी अस्पताल जान सुझाव दिए । खाना खाने सुरसारमा रहेको कामत परिवार अत्तालिएर अस्पताल पुगे । तर त्यहाँ पुग्दा भीमको मृत्यु भइसकेको थाहा पाए ।

‘उहाँको मृत्यु भएको सुन्दा पत्याउनै सकिनँ’, भीमकी श्रीमती यसोदा भन्छिन्, ‘शनिबार दिउँसो ३ बजेतिर मैले स्वस्थ अवस्थाका श्रीमानलाई भेटेर आएकी थिएँ । मासु–भात खान दिएर एक हजार रूपैयाँसमेत दिएर आएकी थिएँ । भोलिपल्ट नै प्रहरीले बिरामी भएका कारण मर्यो भन्दा कसरी पत्याउँ ?’

भीमका दाइ शम्भुले अघिल्लो दिन नै भाइलाई चरम यातना दिइ मृत्युको मुखमा पुर्याएको आशङ्का गरे । ‘प्रहरीले बिरामी भएर मरेको भन्दै समय जानकारी दिँदा पत्याउन सकिनँ । किनकि उसको शरीर कडा भइसकेको थियो । अनि शरीरैभरि चोट छ,’ हत्कडीले गर्दा चोट लागेको हो भन्दै प्रहरी पन्छिन खोजेको जनाउँदै उनले प्रश्न गरे, ‘बिरामी मान्छेको शरीरभरि खतैखत कसरी हुन्छन् । फेरि बिरामी भएको अवस्थामा आफन्तलाई जानकारी गराइएन । अनि टाउको, कुम र कोखामा पनि हत्कडी लगाइन्छ ? त्यहाँ त अझ ठुल्ठुला चोट छन् !’

यस्तै उनले भीमलाई झुण्ड्याएर चरम यातना दिइएको हुन सक्ने बताउँदै भने, ‘भीमले लगाएको कपडा पिसाबले भिजेको थियो । कम्मरदेखि माथि चिसो थियो । प्रहरीले कहिले अस्पतालमा मरेको र कहिले अस्पताल ल्याउँदा ल्याउँदै मरेको भनिरहँदा नै प्रष्ट हुन्छ कि घटना शङ्कास्पद छ ।’

हत्कडी लगाएर राखिएका कामतले मलाई गाह्रो भयो हत्कडी खोल्दिनुस् भनेर हजारौँ पटक आग्रह गरेका थिए । तर उनको कुरा कसैले नसुनेपछि उनले हत्कडी खोल्न हातखुट्टा चलाउन थालेका थिए । उनले हत्कडी खोल्न धेरै अनुरोध गरेपछि प्रहरीले उनलाई हिरासत कक्षबाहिरको एक कुनामा राखिदिएका थिए । अनेकन प्रयासपछि पनि हत्कडी खुल्न नसकेपछि उनले तड्पिदैँ त्यहाँ नै ज्यान गुमाएका हुन् । मृत्यु भएको केही समयपछि प्रहरीले नाटकीय शैलीमा अस्पताल पुर्याएको थियो ।

यता, प्रहरीले भने आइतबार बिहान एक्कासि बिरामी परेका कारण कोसी अस्पताल ल्याएको र त्यहाँ नै उनको मृत्यु भएको दाबी गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी जर्नादन जिसीले कामतलाई म्याद थपका लागि अदालत लाने क्रममा कामेको तथा मुखबाट फिँजसमेत आएपछि उपचारका लागि कोसी अस्पताल लगिएकोमा त्यहीँ उनको मृत्यु भएको ठोकुवा गरेका थिए ।
तर अस्पताल प्रशासन भने यो मान्न तयार छैन ।

कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दास प्रहरीले अस्पताल ल्याउनुअघि नै भीमको मृत्यु भइसकेको जनाउँछन् । ‘भीमको मृत्यु पहिले नै भइसकेको देखिन्छ’, उनले भने, ‘यो दिन नै मरेको भन्ने यकिन जानकारी भएन । तर मृत शरीर प्रहरीले अस्पताल ल्याएको थियो । पोस्टमार्टमपछि लगिएको हो ।’

प्रहरीको दानवीय व्यवहारले हिरासतमै मृत्यु

सँगै हिरासतमा रहेका दुई युवाको बयानअनुसार प्रहरीले पक्राउ गरी हिरासतमा हालेकै दिन उनी बिरामी परेका थिए । ‘सोही दिन बेलुका करिब ७ बजेको समयमा उनको मुखबाट फिँज आएको थियो,’ नाम नखुलाउने शर्तमा थुनामुक्त भइरसकेका एक जनाले भने, ‘मुखबाट फिँज आएपछि उनलाई प्रहरीले जुत्ता नाकमा हालेर उठाएका थिए ।’

यस्तै, प्रहरी स्रोतका अनुसार आइतबार बिहान उनी बिरामीजस्तो गरेपछि प्रहरीले हिरासत कक्षबाट बाहिर निकाली हात र खुट्टामा जोडले हत्कडी लगाएका थिए । ‘हिरासत अधिकृतको निर्देशनमा उनलाई हात र खुट्टामा ठुलै अपराधीजस्तो हत्कडी लगाइयो,’ एक प्रहरीले नाम नखोल्ने शर्तमा भने, ‘हुन त मानवता नभएको ठाउँ हो हिरासत कक्ष । हिरासत कक्षभित्र आशंकितलाई समेत प्रमाणित अपराधीजस्तो व्यवहार गरिन्छ ।’

हत्कडी लगाएर राखिएका कामतले मलाई गाह्रो भयो हत्कडी खोल्दिनुस् भनेर हजारौँ पटक आग्रह गरेका थिए । तर उनको कुरा कसैले नसुनेपछि उनले हत्कडी खोल्न हातखुट्टा चलाउन थालेका थिए । उनले हत्कडी खोल्न धेरै अनुरोध गरेपछि प्रहरीले उनलाई हिरासत कक्षबाहिरको एक कुनामा राखिदिएका थिए । अनेकन प्रयासपछि पनि हत्कडी खुल्न नसकेपछि उनले तड्ँिपदै त्यहाँ नै ज्यान गुमाएका हुन् । मृत्यु भएको केही समयपछि प्रहरीले नाटकीय शैलीमा अस्पताल पुर्याएको थियो ।

सिसी टिभी फुटेजमा के छ ?

भीमको मृत्युमा आशङ्का व्यक्त गरेर प्रदर्शनमा उत्रिएका उनका आफन्तहरूले पटक–पटक सिसी टिभी फुटेज हेर्न माग राखेपछि प्रहरी फुटेज देखाउन बाध्य भएको थियो । सिसी टिभी फुटेज हेर्न मृतकका दाजु शम्भुका साथै उनका केही आफन्त पुगेका थिए ।

उनीहरूले फुटेजमा भीमलाई हिरासतभित्र राखिँदै गरेको र सकुसलै निकाल्दै गरेको मात्र देख्न पाए । ‘भीमलाई सकुसल नै निकालिएको देखियो’, शम्भु टाकुरासँग भन्छन्, ‘तर फुटेज नै इडिट गरिएको जस्तो । केही प्रष्ट नदेखिने । थोरैमात्र देखेँ । भीम सकुसल बाहिर निस्किँदै गरेको । तर उनको शरीरमा लागेको चोट कसरी आयो ? अनि त्यति सकुसल मान्छे कसरी मर्यो ? ’

अस्पतालमा मृत्यु भएको रिपोर्ट बनाउन डाक्टरलाई दबाब

भीम कामतको मृत्युपछि आफन्त र स्थानीयले विरोध प्रदर्शन गर्न थालेपछि प्रहरीलाई दबाब थपिएको थियो । आफ्नो दबाब कम गर्न प्रहरीले कोसी अस्पतालका डाक्टरहरूलाई भीमको मृत्यु अस्पतालमै भएको रिपोर्ट बनाउन दबाब दिएका थिए । प्रहरीले डाक्टर कौसल सिग्देललाई अस्पतालमै मृत्यु भएको रिपोर्ट बनाउन दबाब दिएको अस्पताल स्रोतले जनाएको छ ।

‘बाहिर विरोध सुरु भएपछि प्रहरीले डा. सिग्देललाई अस्पतालमै मरेको रिपोर्टमा साइन गर्न दबाब दिएको थियो,’ अस्पताल स्रोतले भन्यो, ‘तर डाक्टर तयार भएनन् । उनले ठाडै अस्वीकार गरेपछि प्रहरीका एसपी, डिएसपीसहितको टिमले उनलाई दबाब दिन थालेका थिए । तर पनि उनी पछि हटेनन् ।’

यसरी दबाब दिनेमा वडा प्रहरीका डीएसपी दीपक कार्की, मोरङ प्रहरी प्रमुख जनार्दन जिसी र प्रवक्ता डीएसपी दीपक श्रेष्ठ रहेको अस्पताल स्रोत बताउँछ । तथापि, मोरङ प्रहरी प्रमुख जिसीले आफूले दबाब नदिएको जनाउँदै छानबिन समितिको प्रतिवेदनमा दोषी देखिएमा आफू कारवाही भोग्न तयार रहेको सुनाए । यस्तै, वडा प्रहरीका डिएसपी कार्कीले पनि आफूले कुनैपनि डाक्टरलाई दबाब जदिएको जनाए ।

छानबिन समिति भन्छ : रिपोर्ट आएपछि निष्कर्षमा पुग्छौँ

भीमको मृत्युपछि चौतर्फी विरोध प्रदर्शन भएपछि भदौ २१ गते सोमबार नै उक्त प्रकरणको छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन भएको थियो । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय भेलाले सहायक जिल्ला अधिकारी शरदकुमार पोखरेलको नेतृत्वमा गठित समितिमा प्रदेश प्रहरी प्रवक्ता डीएसपी नवीन राई, इन्सपेक्टर, विराटनगर ११ र १२ का वडाध्यक्ष र कामतको घर नजिकका छिमेकी थिए ।

सो समिति पटक–पटक छलफल गरेपनि निष्कर्षमा पुग्न सकेको छैन । भिसेरा रिपोर्टका कारण निष्कर्षमा पुग्न नसकिएको सहायक जिल्ला अधिकारी पोखरेल बताउँछन् । ‘अघिल्लो शुक्रबार पनि यसबारे छलफल भएको थियो, तर छलफल निष्कर्षविहीन बन्यो । रिपोर्टका कारण र केही जनप्रतिनिधिका कारण । उहाँहरूको समय मिल्न मुस्किल छ । अनि भिसेरा रिपोर्ट आएकै छैन । चाँडै नै छलफल डाक्छु ।’

यता, कोसी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट चुमनलाल दासले भिसेरा रिपोर्ट धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आउने जनाए । ‘यहाँ सम्भव नभएपछि घोपा पठाएका छौँ । केही दिन अझै लाग्न सक्छ,’ उनले भने ।

तीन प्रहरी निलम्बन गर्ने तयारी हुँदासमेत प्रहरीले लिएन घटनाको जिम्मा

प्रहरी स्रोतका अनुसार भीम कामत मृत्यु प्रकरणमा मुछिएका तीन प्रहरीलाई निलम्बन गर्ने तयारी थालिएको छ । स्रोतका अनुसार भीमलाई यातना दिने र बिरामी भएको अवस्थामा समेत दानवीय व्यवहार देखाएका प्रहरी हवल्दार ढकबहादुर कार्की, मनोज साह र राजवंशी थर भएका एक जनालाई निलम्बन गर्ने तयारी गरिएको स्रोत बताउँछ ।

यता, मोरङ प्रहरी प्रमुख प्रवक्ता डीएसपी दीपक श्रेष्ठ प्रहरीलाई कारबाही गर्नेबारे आन्तरिक छलफल भइरहेको बताउँदै छानबिन समितिको प्रतिवेदन आएपछि निर्णय लिने बताए । ‘छानबिन समितिले प्रतिवेदन बुझाएपछि यसबारे निर्णय गर्छाैँ’, डीएसपी श्रेष्ठले भने, ‘आन्तरिक छलफल भइरहेको छ ।’

Tags: #विराटनगरटाकुरा विशेषमृत्यु प्रकरण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा एक पुरुष मृत भेटिए
FEATURE BREAKING

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

by टाकुरा न्यूज । इटहरी
बैशाख १९, २०८३
0

खोटाङ : खोटाङको बराहापोखरी गाउँपालिका–५ पौवासेरामा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा ५२ वर्षीय बमबहादुर राई र...

नोबेल अस्पतालमा नाकको शल्यक्रिया गर्दा इटहरीका बालकले गुमाए आँखाको ज्योति
समाचार

नोवेल हस्पिटलमा शल्यक्रियापछि बिरामीको मृत्यु, अस्पताल परिसर तनावग्रस्त

by टाकुरा न्यूज । इटहरी
बैशाख १९, २०८३
0

विराटनगर : नोवेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा एक व्यक्तिको मृत्यु भएपछि शनिबार अस्पताल परिसर तनावग्रस्त बनेको छ। मोरङको कानेपोखरी...

विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार नियमले चलायमान बन्दै विराटनगरको बजार

बैशाख १९, २०८३
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

‘संसारकै सानो वनखण्ड’का रूपमा परिचित सिमसार क्षेत्र सङ्कटमा

बैशाख १९, २०८३
हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

हर्क साम्पाङको टिप्पणी – ‘अब भगवानले पनि धनीपूर्जा बनाएर धर्तीमा आउनुपर्ने भयो’

बैशाख १९, २०८३
मेची भन्सार : ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

नौ महिनामा मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

बैशाख १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा एक पुरुष मृत भेटिए

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

बैशाख १९, २०८३
नोबेल अस्पतालमा नाकको शल्यक्रिया गर्दा इटहरीका बालकले गुमाए आँखाको ज्योति

नोवेल हस्पिटलमा शल्यक्रियापछि बिरामीको मृत्यु, अस्पताल परिसर तनावग्रस्त

बैशाख १९, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार नियमले चलायमान बन्दै विराटनगरको बजार

बैशाख १९, २०८३
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

‘संसारकै सानो वनखण्ड’का रूपमा परिचित सिमसार क्षेत्र सङ्कटमा

बैशाख १९, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1537 shares
    Share 615 Tweet 384
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    648 shares
    Share 259 Tweet 162
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    604 shares
    Share 242 Tweet 151
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.