धनकुटा : नक्कली नोटको कारोबार गर्ने ६ जनालाई धनकुटा प्रहरीले सार्वजनिक गरेको छ । गत असोज ११ गते नक्कली नोटसहित पक्राउ परेका युवाहरूलाई धनकुटा प्रहरीले बिहीबार (आज) सार्वजनिक गरेको हो ।
मोटरसाइकल चाँजका क्रममा दुई युवाको साथबाट एउटै नम्बर भएको १ हजार रुपैयाँको २८ वटा नक्कली नोट बरामद गरेको थियो ।
धनकुटा ९ मुलघाटमा जाँचको क्रममा दुईजनालाई नियन्त्रणमा लिएपछि केही समय अनुसन्धान गरी प्रहरीले ६ जना गिरोहलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपककुमार रायले बताए ।
उनका अनुसार पक्राउ पर्नेमा धनकुटाको महालक्ष्मी नगरपालिका ८ का २६ को सुमन खड्का, वडा नं. ९ का वर्ष २४ को तुलसी खवास, ताप्लेजुङ जिल्ला पाथीभरा याङ्वारक गाउँपालिका ४ घर भई हाल धनकुटा १ हिलेका २६ वर्षीय छितेन तामाङ, २६ वर्षीय विशाल तामाङ, २४ वर्षीय सोनम तामाङ, २१ वर्षीय विकास तामाङ रहेका छन् ।
प्रहरीले विशाल तामाङको घरबाट पनि ५ हजार र मुलघाटमा चेकजाँचको क्रममा फ्याँकिएको अवस्थामा २ हजार गरी थप ७ हजार नक्कली नोट बरामद गरेको थियो । सोनमको घरबाट ६५ हजार बरामद भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post