इटहरी : गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ ।
बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठक अनुसार परीक्षाफल प्रकाशित गरिएको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिएका छन् । परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।
प्रकाशित नतिजामा सात हजार ६३ जनाले ३.६१ देखि ४ जिपिए ल्याएको शर्माले जानकारी दिएका छन् । कोभिड–१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो ।
परीक्षा नियन्त्रक शर्माका अनुसार प्रकाशित नतिजा झण्डै एक घण्टापछि अनलाइनमा हेर्न सकिनेछ । नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट www. neb.ntc.net.np मा गएर हेर्न सकिन्छ ।












Discussion about this post