इटहरी : धरान उप महानगरपालिका १४ बाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान १४ का ३४ वर्षीय रमेश परियार, धरान १० का ४० वर्षीय राजन शाक्य, हरिनगरा गाउँपालिका ६ का २० वर्षीय खुर्सित अन्सारी र २३ वर्षीय अक्ताक अन्सारी रहेका छन ।
हिजो बिहान ७ बजे इलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले निजहरुको साथबाट १२१ मिलिग्राम ब्राउनसुगर, ४ बोतल डाईलक्स डिसि र नाईट्रोसन २० ट्यावलेट सहित बरामद गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका चारै जनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post