इनरुवा : सुनसरीको इनरुवा नगरपालिका–४ बसचौकस्थित पूर्व–पश्चिम राजमार्गमा लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले लौकहीबाट इनरुवातर्फ पैदल आउँदै गरेका व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा लागूऔषध फेला पारेको हो।
पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका–१५ बस्ने २२ वर्षीय मिलन तामाङ र झापा अर्जुनधारा नगरपालिका–१० बस्ने ३३ वर्षीय सुवास राई रहेका छन्। प्रहरीले तामाङको साथबाट १.६८ ग्राम र राईको साथबाट १.८१ ग्राम ब्राउनसुगर बरामद गरेको जनाएको छ।
उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













Discussion about this post