इटहरी : राजनीतिक दलले निर्वाचन चिह्नअंकित सामाग्री प्रयोग गरे निर्वाचन आयोगले कारबाही गर्ने भएको छ।
आसन्न स्थानीय तह निर्वाचनका लागि आचारसंहिता लागू भइसकेकाले राजनीतिक दलले निर्वाचन चिह्नअंकित ज्याकेट, टिसर्ट लगायतका प्रचार सामग्री प्रयोग गरिरहेको सूचना आएको भन्दै त्यस्तो कार्यलाई रोक्न आग्रह गरेको छ।
आयोगको अनुरोधलाई बेवास्ता गरी यदि कोही कसैले आचारसंहिताको उल्लंघन गरेमा निर्वाचन आयोग ऐन, २०७४ को दफा २३ बमोजिम आचारसंहिताको उल्लंघन गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रूपैयाँसम्म जरिवाना गर्न सक्ने कानूनी व्यवस्था रहेको आयोगले जनाएको छ।















Discussion about this post