Saturday, May 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

नाटक ‘रिफन्ड’ हेरिसकेपछि प्राध्यापक तथा लेखकहरू भन्छन्, ‘नाटक हेरेर ह्याट्रिक पूरा गरेँ’ (भिडियो)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १४, २०७९
in कला साहित्य, टाकुरा विशेष, भिडियाे स्टाेरी, समाचार
0
नाटक ‘रिफन्ड’ हेरिसकेपछि प्राध्यापक तथा लेखकहरू भन्छन्, ‘नाटक हेरेर ह्याट्रिक पूरा गरेँ’ (भिडियो)

तस्वीर उज्वल दुलाल ।

283
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा जारी नाटक ‘रिफन्ड’ को मंगलबार अन्तिम सो थियो । पाँचदिनसम्म चलेको नाटक बीचको समयमा नहेरेका प्राध्यापक, लेखक तथा कलाकारहरू मंगलबार हेर्न आइपुगेका थिए ।

कतिपय लेखहरूले भने यसअघि नै नाटक हेरिसकेपछि शैक्षिक क्षेत्रमा भएको चरम विकृतिको नाटकमार्फत भत्सर्ना गरिएको प्रतिक्रिया दिए ।

विराटनगर निवासी चर्चित कवि सुमन पोखरेलले नाटक ‘रिफन्ड’ हेरिसकेपछि छोटो प्रतिक्रिया दिँदै भने, ‘धेरैपछि इटहरीमा नाटक हेँरे, केही सुधार गर्नुपर्ने पक्षहरू होलान् । तर, जति बनेको छ एकदम राम्रो छ ।’

कक्षा ११ मा रहेको अंग्रेजी विषयमा अध्यापन हुँदै आएको नाटक ‘रिफन्ड’ फ्रीन्ज केरिन्थीले लेखेका हुन् । उक्त नाटक प्रजल दुलालले अनुवाद तथा निर्देशन गरे ।

कलालय इटहरीले प्रस्तुत गरेको नाटकमा सुष्मा भट्टराई, हिमा पौडेल, मनिल न्यौपाने, विकास श्रेष्ठ, करण प्याकुरेल, हिमाल निरौला, प्रजल दुलाल, डेबिड बिष्ट, विनय कोइराला, जीवन बस्नेत र मुना भट्टराईको अभिनय छ ।

इटहरी निवासी कलाकार तथा मूर्तिकार विक्रमश्री ले शैक्षिक क्षेत्रमा भइरहेको व्यवसायीकरणलाई ज्वलन्त ढङ्गबाट प्रस्तुत गरिएको बताए । ‘प्रस्तुतिकरण काव्यिक ढङ्गबाट अभिव्यक्त भएको छ,’ उनले भने, ‘नाटकले हृदय छोयो ।’

‘कता जाऔँ म, खै कहाँ जाऔँ
कति भीडौँ, कति दगुरौँ ?’

बेलाबेला नाटकको बीचमा बजेको गीतले दर्शकको ध्यान खिच्थ्यो । निजी विद्यालयमा अध्ययन सकेपछि जागिर पनि खान नसक्दा घर, समाजबाटै अपहेलित भएर बाँच्नुपरेको दृश्यलाई नाटकमा प्राथमिकता दिइएको छ ।

विराटनगर निवासी कवि सीमा आभासले नाटक घर नभएकै अवस्थामा पनि स्थानीय कलाकारहरूले मिहिन ढङ्गबाट नाटक प्रस्तुत गरेको बताइन् । उनले भनिन्, स्थानीय सरकारले एउटा नाटक घरको लागि किन पहल नगर्ने ? नाटकघरका लागि सम्पूर्ण इटहरीबासीले पहल गर्नुपर्छ ।’

इटहरीको जनता बहुमुखी क्याम्पसकी प्रमुख प्रा.डा. गीता अधिकारी नाटक जीवन्त रहेको बताउँछिन् ।

‘विद्यालयमा कयौँ लगानी गरेर पढिसकेपछि यसबाट के प्राप्त ग¥यो भन्ने सन्देश दिएको छ,’ उनी भन्छिन्, ‘निजी विद्यालयमा छोराछोरी पढाएर उनीहरूले के प्राप्त गर्ने भन्ने विषयको उठान हुनु सान्र्दभिक छ ।’ उनले नाटकमार्फत व्यवहारिक शिक्षाको पनि आवश्यकता रहेको सन्देश दिने बताइन् ।

कवि, चित्रकार वा गायक बन्ने सपना भएपनि निजी विद्यालयमा भर्ना भएपछि सपना मारिने र जबरजस्ती किताब भिराइदिने दृश्यले आम दर्शकको मन तान्छ ।

इटहरी निवासी कवि बद्री भिखारी भन्छन्, ‘निजी विद्यालयले अंक र प्रमाणपत्रलाई मात्रै महत्व दिन्छ, त्यसका लागि कडा व्यङ्य छ ।’ उनले नाटक मनपरेकै कारण आफूले तीनपटकसम्म हेरेको बताए । भने, ‘जति हेरेँ, उति हेरौँहेरौँ लाग्यो मलाई, सायद नाटक हेरेर मैले ह्याट्रिक पूरा गरेँ ।’

जनता बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रा.डा. टोलानाथ काफ्लेले नाटकमा थोरै समय भएपनि जीवन्त कुरा रहेको बताए । ‘नाटक सूचनामुलक र सन्देशमुलक छ,’ उनले भने ।

निजी विद्यालयले प्रमाणपत्र मात्रै हातमा थमाइदिने भएकाले व्यवहारिक शिक्षा पनि आवश्यक छ भन्ने उदाहरण दिनका लागि आफूहरूले कथालाई नाटकमा रुपान्तरण गरेर प्रस्तुत गरिएको निर्देश दुलाल बताउँछन् ।

‘हाम्रो शिक्षाको क्षेत्र कस्तो छ, कति व्यवहारिक छ भन्नेबारे र हामीले पाएको शिक्षाको सिस्टमलाई नाटकमार्फत प्रस्तुत गरिएको हो,’ दुलाल भन्छन् ।

करीब १५ वर्षअघिदेखि नाटक क्षेत्रमा काम गर्दै आएका कलालय इटहरीका अध्यक्ष समेत रहेका सोनु जयन्तीले पछिल्लो पुस्तालाई नाटकमा अभ्यस्त बनाउनका निम्ति आफूहरूले नाटकको अभियान नै सञ्चालन गरिराखिएको बताए ।

‘अहिलेको टिमले नाटकमा अभ्यास गरिरहेको छ, इटहरीमा नाटक गर्नका लागि समस्या छ,’ उनले भने, ‘हामीसँग नाटक गर्नका लागि हल छैन, प्राविधिक हिसाबमा हामी निकै कमजोर छौँ ।’ उनले इटहरीमा आफ्नै नाटक घर हुँदा अझै व्यवस्थित ढङ्गले नाटक गर्न सकिने बताए ।

भिडियो

Tags: #इटहरीकलाकलालयनाटकप्रजल दुलालसोनु जयन्ती
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु
FEATURE BREAKING

इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

by टाकुरा न्यूज । इटहरी
बैशाख १९, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–१७ पकलीस्थित भित्री सडक खण्डमा शुक्राबार सिटी सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक...

ताप्लेजुङमा अलैँची टिप्न र थन्क्याउनमा व्यस्त किसान
विविध

चालु आर्थिक वर्षमा १० अर्ब ७० करोड बढीको अलैँची निर्यात

by रासस
बैशाख १८, २०८३
0

झापा : मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्ममा अलैँची निर्यात ४१.५८ प्रतिशतले बढेको छ । कार्यालयको...

कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

लागूऔषधसहित पाँच जना पक्राउ

बैशाख १८, २०८३
मोरङमा मापदण्डविपरीत सञ्चालित दुई क्रसर उद्योग बन्द 

मोरङमा मापदण्डविपरीत सञ्चालित दुई क्रसर उद्योग बन्द 

बैशाख १८, २०८३
तेह्रथुम : पाँच वर्षदेखि नापी कार्यालयको भवन प्रयोगविहीन

तेह्रथुम : पाँच वर्षदेखि नापी कार्यालयको भवन प्रयोगविहीन

बैशाख १८, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापा : हात्ती र चितुवा दिनैपिच्छे मानव बस्तीमा

बैशाख १८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

बैशाख १९, २०८३
ताप्लेजुङमा अलैँची टिप्न र थन्क्याउनमा व्यस्त किसान

चालु आर्थिक वर्षमा १० अर्ब ७० करोड बढीको अलैँची निर्यात

बैशाख १८, २०८३
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

लागूऔषधसहित पाँच जना पक्राउ

बैशाख १८, २०८३
मोरङमा मापदण्डविपरीत सञ्चालित दुई क्रसर उद्योग बन्द 

मोरङमा मापदण्डविपरीत सञ्चालित दुई क्रसर उद्योग बन्द 

बैशाख १८, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1524 shares
    Share 610 Tweet 381
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    648 shares
    Share 259 Tweet 162
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    379 shares
    Share 152 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.