इटहरी : तामाङ ऐतिहासिक थाकथलो ‘किपट’ को कथामा निर्माण भएको नेपाली चलचित्र ‘अभियान’ को पोस्टर, ट्रेलर र गीत सार्वजनिक भएकोे छ ।
इटहरीको पूर्वाञ्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनमा आयोजना गरिएको ट्रेलर रिलिज कार्यक्रममा चलचित्रका टिमसहित प्रदेश १ का कलाकर्मीको उपस्थिति थियो ।
चलचित्रमा स्व.जयनन्द लामाको प्रमुख भूमिका रहेको छ । २ मिनेट २९ सेकेन्ड लामो ट्रेलरलाई युट्युबमा ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ ।
नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानको प्रमुख आतिथ्यतामा भएको उक्त पत्रकार सम्मेलनमा चलचित्रका लेखक तथा निर्देशक लाखमान योन्जन तामाङले ‘अभियान’ निर्माणका क्रममा ५५ लाख लगानी भएको जानकारी गराए ।
कोशी भिजन फिल्म्सको ब्यानरमा बनेको चलचित्रकी निर्माता मैना घिसिङ हुन् । चलचित्रको ट्रेलर सार्बजनिक गरिएपनि प्रदर्शन मिति भने तय भएको छैन । प्रदर्शनको लागि उपयुक्त मितिको पर्खाई रहेको र चाडै नै मिति घोषणा गर्ने लामाको भनाइ छ ।
चलचित्रमा स्व. जयनन्द लामाका साथमा अमर पाख्रीन तामाङ, पुजा तामाङ, दावा फिन्जो तामाङ, श्याम माया तामाङ, रश्मिला वाइवा तामाङ, सन्तोष सराकार, रितेशजङ्ग खत्री, दिनेश तामाङ, दिनेश कोइराला, मदन राई, सम्भु योन्जन तामाङ, गजम घिसिङ, कमल राई, मेनुका राई, कुमारी लिम्बू, कृष्ण काफ्ले, सन्तोष राई, नूनु बोम्जन तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
चलचित्रको गीतमा दीपा लामा, जोनि तामाङ, सुरज रौनियार स्वर रहेको छ । संगीत तथा एरेन्ज कुन्दन राई र जोनी तामाङको रहेको छ ।
राजेश लेप्चाको द्वन्द्व निर्देशन रहेको चलचित्रलाई सुमन तामाङले छायांकन गरेका हुन् । कोशी भिजनमै पोस्ट प्रोडक्सन गरिएको चलचित्र अभियानलाई हेमन तामाङले सम्पादन गरेका हुन् ।
ट्रेलर
Discussion about this post